१६ चैत्र २०८०, शुक्रबार

गाउँमा खाद्यान्नको समस्या हुन सक्ने भन्दै ज्यान जोखिम पारेर अध्यक्ष पुगे सिमकोट

Khabarsabaiko आइतबार, बैशाख २८, २०७७

नन्द सिंह

नाम्खा गाउँपालिका– ६ मा रहेको लिमीका तीन वटा गाउँहरुमा खाद्यान्नको समस्या हुन सक्ने भन्दै आफ्नो ज्यान जोखिममा पारेर बाक्लो हिउँ छिचोल्दै वडाध्यक्ष पाल्जोर तामाङ वैशाख २१ गते सदरमुकाम सिमकोट आई पुग्नु भएको छ । सो ठाउँको पाँच हजार मिटर अग्लो न्यालु लेकको चार फिट अग्लो हिउ छिचोल्दै वडाध्यक्ष आफ्ना गाउँमा रहेका सवै समस्याहरु ल्याएर सदरमुकाममा डेलिगेशन गर्नका लागि आई पुग्नु भएको हो ।

गाउँमा धेरै कुराका समस्या देखिएपछि उहाँले बाटोको हिउ पन्छाउन अन्य तीन जना साथी ल्याएर ज्यानको बाजी थाप्दै सिमकोट आई पुग्नु भएको हो । यो सिजनमा न्यालु लेकमा बाक्लो हिंउ जमेको हुन्छ । तर पनि आपतका बेला गाउँको समस्या समधान गर्ने उदेश्यका साथ ज्यानको जोखिम राखेर आई पुग्नु भएको हो । अध्यषले भन्नु भयो पहिलो कुरा खाद्यान्नको र दोस्रो कुरा काठमाण्डौमा अलपत्र परेका व्यक्तिहरुका लागि पहल गर्ने भनेर सिमकोट आइ पुगेको अध्यक्षको भनाइृ छ । अध्यक्ष तामाङले भने तत्काल सरकारले खाद्यान्न ब्यबस्था नगरे लिमीका तीन गाउँमा भोकमारी फैलने सक्ने पक्का छ । चीनसंग सिमाना जोडिएको लिमीमा कोरोना कहरपछि चीनको ताक्लाकोटबाट खाद्यान्न आउने अबस्था छैन । यतिबेला चीनसंगका नाका बन्द रहेका छन् ।

उत्पादन निक्कै कम हुने लिमीमा गत कार्तिकमा चीनको ताक्लाकोटबाट ल्याएको खाद्यान्नले गुजारा चलेपनि अब सरकारले खाद्यान्नको ब्यबस्था नगरे ठुलो समस्या आउने स्थानीयको भनाई छ । लिमीका तीन गाउँमा १ सय ४७ घरधुरीको एक हजार जनसंख्या रहेको छ । लिमीबासीले कोरोना संक्रमणको कारण देशमा बन्दाबन्दी भएको खबर पाँच दिनपछि काठमाडौंका आफन्तबाट थाहा पाएका थिए । त्यस्तै लिमीमा स्वास्थ्यकर्मी र औषधी समेत छैन । मानिस बिरामी पर्दा लामा बसाल्नुको बिकल्प बाहेक अन्य नभएको गुनासो छ ।

अहिले झन कोरोना कहरको त्रास थपिएको बेला लिमीमा कोरोना भाईरस संक्रमण बिरुद्ध प्रयोग हुने औषधी, उपकरण र सामग्री पनि पुगेको छैन । त्यसैगरि लिमीमा नुनको पनि समस्या भएको छ । सरकारको ढुवानी अनुदानको नुन कहिल्यै पनि लिमीमा पुग्दैन । अहिले चीनसंग नाका बन्द भएपछि नुनको पनि अभाब देखिन थालेको हो । यी समस्याहरु अध्यक्ष तामाङले प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईसंग राख्नु भएको छ । सो विषयमा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले भन्नु भयो काठमाण्डौँमा रहेका लिमेलीहरुलाई हुम्ला ल्याउनु भन्दा पनि विरामी भई गएको खण्डमा काठमाण्डौँमा औषधि उपचार गर्न सहज हुने गर्दछ तर हुम्लामा त उपचारका लागि त्यस्तो विकल्प नभएको बताउनु हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्