०८ बैशाख २०८१, शनिबार

सर्केगाड बजार १४ दिनको लागि व्यवसायीद्वारा शिल

Khabarsabaiko आइतबार, जेठ १८, २०७७

हुम्ला–कोभिड–१९ को संक्रमण दिनप्रति दिन बढ्दै गएपछि हुम्लाको सर्केगाड गाउँपालिका स्थित सर्केगाड बजार स्थानीय व्यवसायी द्धरा १४ दिनको लागि शिल गरेका छन् ।
कर्णाली प्रदेश पनि उच्च जोखिम भएपछि दिनप्रतिदिन जिल्ला बाहिरबाट स्थानीयहरु भित्रिन थालेपछि स्थानीय व्यवसायीहरुले १४ दिनको लागि शिल गरेका हुन् ।
सर्केगाड गाउँपालिलकामा अध्यक्ष उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत कोही नभएपछि स्थानीय व्यवसायी आफै सक्रिय भएर १४ दिनसम्म बजार शिल गर्ने निर्णय भएको हो ।
जेठ १९ देखि असार २ गते सम्म बजार बन्द  गर्ने गरी निर्णय गरेको सर्केगाड व्यापार व्यावसायी समितिका अध्यक्ष कुल बहादुर शाहीले जानकारी दिए ।
दैनिक अत्यावश्यक सामाग्रीलाई मध्यनजर गरी बिहान ६ देखि ९ बजेसम्म मात्र बजार खोल्ने निर्णय भएको व्यवसायी समितिका अध्यक्ष शाहीले बताए ।
गाउँपालिकाले कुनै चिन्ता चासो नदेखाएपछि स्थानीय व्यवसायी आफै सक्रिय भएर कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम गर्न आफै जुटेको समितिका अध्यक्ष शाहीको भनाई छ । जेठ १८ गते र १९ गते जिल्ला बाहिरबाट १ सय २८ जना गाउँपालिका प्रवेश गरेका छन् ।

निर्णय जस्ले उल्लघन गर्छ उसलाई पाँच हजार जरिवान गरिने भएको छ । बजार शिल गर्न बसेको बैठकमा सर्केगाड बजार व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर शाही, गाउँपालिका निमित्त कार्यकारी, सर्केगाड इलाका प्रहरीचौकी प्रमुख र सरकारी तथा गैहसरकारी कार्यालय प्रमुख र स्थानीय व्यवसायीहरु सहभागि रहेका थिए ।

 

 

 

यहाँ कमेन्ट गर्नुहोस्