०७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमण संक्रमितको संख्या १८११ पुग्यो

Khabarsabaiko सोमबार, जेठ १९, २०७७

सोमबार साँझ १३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्ला संक्रमित पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । जनस्वास्थ्य प्रयोगशाला टेकु, जनस्वास्थ्य प्रयोगशाला, विराटनगर, प्रदेशिक प्रयोगशाला, पोखरा, सेती प्रादेशिक अस्पताल, धनगढी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला, जुम्ला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, धुलिखेल अस्पताल, काभ्रे, प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो।

सोमबारसम्मको विवरणअनुसार नेपालका कोरोना देखिएका जिल्लाको संख्या ५९ पुगेको छ। सोमबार डोटीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ९२ जनामा कोरोना पुष्टि भएको देवकोटाले बताए। डा. देवकोटाका अनुसार हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या एक लाख ३३ हजार नौ सय ७५ छ। देशभरबाट हालसम्म दुई सय २२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

हाल प्रदेश १ मा तीन हजार नौ सय ७७, प्रदेश २ मा २१ हजार नौ सय ३२, बागमती प्रदेशमा दुई हजार ६ सय ५४, गण्डकी प्रदेशमा तीन हजार नौ सय ३७, प्रदेश ५ मा ३८ हजार दुई सय ३०, कर्णाली प्रदेशमा २२ हजार चार सय ७४ र सुदूरपश्चिम प्रदेशमा ४० हजार सात सय ७१ जना गरी कुल एक लाख ३३ हजार नौ सय ७५ जना क्वारेन्टाइनमा छन्।

प्रादेशिक विवरणअनुसार प्रदेश १ का नौ जिल्लामा एक सय ६८ जना, प्रदेश २ का आठ जिल्लामा ६ सय ९४ जना, बागमती प्रदेशका १२ जिल्लामा ४६ जना, गण्डकी प्रदेशका ६ जिल्लामा २६ जना, प्रदेश ५ का १० जिल्लामा ६ सय २१ जना, कर्णाली प्रदेशका ५ जिल्लामा एक सय ९८ जना र सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ४५ जना गरी देशभर जम्मा एक हजार सात सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

 

यहाँ कमेन्ट गर्नुहोस्