१५ चैत्र २०८०, बिहिबार

स्वास्थ्य जाँचविनै गाउँ प्रवेश बढेपछि ताजाँकोट गाउँपालिकाद्धरा भिटिएम खरिद

Khabarsabaiko आइतबार, जेठ २५, २०७७

हुम्ला : कर्णालीमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएको बेला स्वास्थ्य जाँचविनै गाउँ प्रवेश गर्न थालेपछि ताजाँकोट गाउँपालिकाले भिटिएम खरिद गरेको छ ।

भारत र देशका विभिन्न जिल्लामा रहेका नागरिक स्वास्थ्य जाँच विना घर फर्किन थालेपछि ताजाँकोट गाउँपालिकाले उनीहरुको स्वास्थ्य परिक्षण गर्न भिटियम र आरडिटी किट खरिद गरेको हो ।

लकडाउन लम्बिदै जादाँ गाउँपालिका प्रवेश गर्ने क्र्रम बढेपछि जिल्ला बाहिरबाट आएका नागरिकहरुको स्वास्थ्य परिक्षण गर्नका लागि गाउँपालिकाले आफै भिटिएम र आरडिटी किड खरिद गरेको ताजाँकोट गाउँपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिए ।

जिल्ला बाहिरबाट आएका नागरिकहरुलाई गाउँपालिकाकै निगरानीमा क्वारेन्टीनमा राखेका छौ उनीहरुको स्वास्थ्य परिक्षण गर्न किट समेत उपलब्ध गराई सकेका छौ अध्यक्ष मल्लले थपे ।

भारत र देशका विभिन्न शहरबाट १ सय ७० जना गाउँपालिका प्रवेश गरेको र अन्य आउने क्रम जारी रहेकोले पाँच सय भिटियम र २ सय आरडिटी किट खरिद गरिसकेको ताजाँकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक राजेन्द्र स्याङकुले बताए । ३२ जना भारतबाट ताजाँकोट गाउँपालिका प्रवेश गरेका छन् । सबैको स्वास्थ्य परिक्षण गरेर मात्रै घर फठाईने स्वास्थ्य संयोजक स्याङकुले बताए ।

जिल्लाका अन्य गाउँपालिकाले बाहिरबाट गाउँ प्रवेश गरेपनि नत क्वारेन्टीन बनाएका छन्, नत हेल्थ डेक्स नै तयार गरेका छन् । कोभिड–१९ को संक्रमणले हुम्ला जिल्ला पनि अछुतो नहुने भएपनि कुनै पूर्वतयारी नै गरेका छैन् । जिल्ला बाहिर र भारतबाट दिनप्रति नागरिक गाउँ भित्रिने थालेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्