१५ चैत्र २०८०, बिहिबार

नेपालमा शुक्रबार ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्

Khabarsabaiko शुक्रबार, जेठ ३०, २०७७

नेपालमा शुक्रबार ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्, जसमा ४२४ पुरूष र २४ महिला रहेका छन्। यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ। तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ।

अाज नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर  र १ लाख ५८ हजार ५० क्वारेन्टिनमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन्।

यहाँ कमेन्ट गर्नुहोस्