१५ चैत्र २०८०, बिहिबार

पाचँ दिनपछि हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

Khabarsabaiko बिहिबार, आषाढ २५, २०७७

हुम्ला–पाँच दिनदेखि सुत्केरी व्यथाले थला परेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
गत २० गते सुत्केरी व्यथा लागेर थला परेकी चंखेली गाउँपालिका–४ की ३३ वर्षीय हजारी शाहीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । लामो सुत्केरी व्यथाले शाहीको अचेत अवस्था रहेको उनका श्रीमान हरिचन्द्र शाहीले जानकारी दिए ।
२० गतेबाट सुत्केरी पिडाले च्यापे पनि हाल सम्म सुत्केरी हुन नसकेको शाहीले बताए । २० गते नै जिल्लामा जानकारी दिएका हौ खबर आएन उनले भने ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकप्टरबाट शाहीको उद्धार प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेमबहादुर सिहंले बताए ।
उनले भने जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको समन्वय भएको भनाई छ ।
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार प्रभावकारी देखिएकोले स्थानीयले अनुभव गरेका छन् ।
सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाका गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल सम्म पु¥याउने गरिएकोले यहाँका धेरै सुत्केरी महिलाको ज्यान जोगिएको पाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्