१६ चैत्र २०८०, शुक्रबार

नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Khabarsabaiko आइतबार, साउन ३२, २०७७

नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले ले जानकारी दिएका छन् ।

नयाँ मूल्य समायोजन पछि डिजेल र मट्टीतेल प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्