१६ चैत्र २०८०, शुक्रबार

गजल

Khabarsabaiko सोमबार, भाद्र ०१, २०७७

गजल न:४
न्यायको अभाब छ यहाँ सजायको अभाब छ 
यस्तै हो यो देशको शासन ब्यवस्था खराब छ 
 
करोडपती हु छाडिदेउ पैसाको भेलले पुरिदिन्छु  
अदालतहरुलाइ हत्याराहरुको यस्तै दबाव छ 
 
पैसाकै लागि तिमीले मायाको झुटो बयान दियौ
त्यस्तै त्यो न्यायलयमा पनि तिमि जस्तै जनाब छ    
 
अख्तियारले भ्रस्टचारको कैले पनि छनबिन गरेन
सायद,अख्तियारमा पनि सरकारको प्रभाब छ 
 
उन्लाइ अन्धो बनाएर अपराधी अस्पतालमै घुमिरह्यो
काननु आँखा हो उन्को अनुहारमा ऐले तेजाब छ 
 
नदिको बाध नाघेर बाढी आयो र बगायो गाउँलाइ 
त्यो भन्दा पनि भयङ्गकर तिम्रो यादको बहाब छ 
 
तलबको मोहले जागिर दूधको लोभले गाइ गुमाएझै 
यहाँ हरेक ठाउमा लोभ भन्दा पनि थोरै लाभ छ 
 
तिमिले युद्द गर्यौ भने भोलि तिनिहरु डाका हुनेछन 
जस्को हातमा ऐले कलम र झोलामा किताब छ 
✍️ सुजन बुढाथोकी 
                                         रतुवामाइ,मोरङ्ग 
 

यहाँ कमेन्ट गर्नुहोस्