१५ चैत्र २०८०, बिहिबार

गजल

Khabarsabaiko मंगलबार, भाद्र ०२, २०७७

गजल न:५
के भएर बढेको हो आज यति धेरै सुन्को भाउ
सायद, मैले धेर हेरेरै होला चढेको उन्को भाउ

मैले त सोचेको थिए त्यो धर्म हो मानबता हो
गुलाम सम्झेर तोकिदियो उस्ले मेरो गुन्को भाउ

पिडित र गरिबहरु यहाँ न्याय नपाएर मरिरहेछन
धनी र अपराधिहरु किनिरहेछन कानुनको भाउ

सत्ता जस्तो त्यो आकास यदि तल हुदो हो त आज
हुने थिएन पृथ्बिमा यति बहुमुल्य त्यो जुनको भाउ

मेरो मुटुमा भाला रोपेर तिनिहरु अग्ला भएका हुन
सपनामा रुदैरुदै सहिदले भन्यो खै मेरो खुन्को भाउ?

 

   

बिद्रोही कवि सुजन बुढाथोकी 

यहाँ कमेन्ट गर्नुहोस्