१७ आषाढ २०८२, मंगलबार

कालिकोटमा ‘गर्ल्स आउट लाउड’

खबरसबैकाे समाचारदाता आइतबार, आषाढ ०१, २०८२

कालीकोटमा दुईदिने ‘गर्ल्स आउट लाउड’ कार्यक्रम सञ्चालन भएकाे छ । कार्यक्रममा रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नहरिनाथ गाउँपालिकाबाट करिब १३ देखि २४ वर्ष उमेर समुहका २७ सहभागिको सहभागिता रहेको छ ।

सहभागीले  बालविवाह, छाउपडी, लैङ्गिक विभेदलगायत सामाजिक कुरीति र कुसंस्कारविरुद्ध सशक्तिका लागि अभियानका बारेमा छलफल गरेका छन् । सामाजिक रूपान्तरणमा किशोरीहरूको सक्रियताका लागि सदरमुकाम मान्ममा आयोजित दुईदिने ‘गर्ल्स आउट लाउड’ कार्यक्रममार्फत उनीहरूले आफ्ना अनुभव र आवाज सार्वजनिक रूपमा प्रस्तुत गरेका हुन्।

किशोरीलाई सशक्त बनाउने उदे्यश्य शनिबार सदरमुकाम मान्ममा प्लान इन्टरनेश्नल नेपालको सहयोगमा हुरन्डेक नेपाल द्वारा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गतको ‘गर्ल्स आउट लाउड’ नामक दुई दिने कार्यक्रमको उद्घाटनसँगै उनीहरूले आफ्ना अनुभवहरू खोलेका हुन ।

हुरेण्डेक नेपाल कालीकोटका अध्यक्ष गौरी कुमारी शाहीको सभाअध्यक्षता, जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावत बिकको प्रमुख आतिथ्यता, र सामाजिक विकास कार्यालयका प्रमुख रछाने लुवार तथा हुरेण्डेक नेपालका जिल्ला व्यवस्थापक दिलीप कुमार शाहीको विशेष आतिथ्यतामा दुई दिने कार्यक्रमको उद्घाटन गरिएको हो ।

अध्यक्ष गौरी कुमारी शाहीले सशक्तिकरणको मूल चाबी किशोरीमै रहेको प्रष्ट पार्दै जब किशोरीहरू आत्मनिर्भर र सजग हुन्छन्, तब समाज समृद्धि तर्फ अघि बढ्ने विश्वास गर्नुभयो । हामी किशोरीहरूलाई आत्मबल, आवाज र नेतृत्वका हतियार दिइरहेका छौं ।’ उहाँले भन्नुभयो ।

सामाजिक परिवर्तनमा संघसंस्थाको योगदानको चर्चा गर्दै सामाजिक विकास कार्यालयका प्रमुख रछाने लुवारले “सरकार र समाजको संयोजन गर्ने पुल नै सामाजिक संस्था भएको जिकिर गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत बिकले महिलाका मुद्दामा अझै आवाज उठाउन बाँकी रहेको उल्लेख गर्दै “बालविवाह, छाउपडी, लैंगिक विभेद जस्ता समस्या अझै समाजमा गहिरिएर रहेको बताउनुभयो ।

प्लान इन्टरनेशनल नेपालकी अभियान संयोजक लक्ष्मी चौधरीले कार्यक्रमको उदेश्य माथि प्रष्ट पार्दै किशोर–किशोरीहरूलाई परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गर्नुभयो । “किशोरीहरूमा देखिने समस्या समाजिक सञ्जालको गलत प्रयोग, समाजिक सञ्जाल सुरक्षा, समाजिक समस्या चुनौंति जस्ता विषयमा पैरवि गर्ने तरिका तालिममा छलफल हुने भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्