२१ फाल्गुण २०८२, बिहिबार

बालेन लाइ हेलिकप्टर चढ्ने अनुमति भए पनि सुरक्षाका कारण काठमाडौं फर्किए

खबरसबैको समाचारदाता, काठमाडाैं बिहिबार, फाल्गुण २१, २०८२

झापाका लागि उडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्किएको छ। काठमाडौंको सिनामंगलमा बिहानै मतदान गरेपछि उनी झापा जान त्रिभुवन विमानस्थलबाट हेलिकप्टर चढेका थिए।

हेलि एभरेष्टका प्रदीप गौतमका अनुसार हेलिकप्टर उडेर ५२ नटिकल माइल पर पुगेपछि फर्काइएको थियो।

५२ माइल टाढा पुगेपछि उहाँले काठमाडौं फर्कौं भन्नुभयो,गौतमले भने, त्यसपछि हेलिकप्टर फर्कियो। उनले हेलिकप्टर फर्कनुका पछाडि प्राविधिक कारण नभएको बताए।शाहका निकट सहयोगी सुरेन्द्र बजगाईंले हेलिकप्टर चढ्ने अनुमति प्राप्त भए पनि सुरक्षाका कारण काठमाडौं फर्किएको बताए।

हेलिकप्टर प्रयोग गर्ने अनुमति फागुन २० गते नै प्राप्त भएको थियो। अनुमति लिएर नै हेलिकप्टर प्रयोग गरिएको हो। तर सुरक्षा निकायले झापा नजान सुझाव दिएको उनले बताए।

उनले कुन सुरक्षा निकायले यस्तो सुझाव दिएको भन्ने खुलाएनन्।

यहाँ कमेन्ट गर्नुहोस्