२१ फाल्गुण २०८२, बिहिबार

प्रधानमन्त्री कार्कीले आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान

खबरसबैको समाचारदाता, काठमाडाैं बिहिबार, फाल्गुण २१, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेकी छन्।

प्रधानमन्त्री कार्कीले आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु,  फेसबुकमा लेखेकी छन्।

प्रधानमन्त्री कार्कीले मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति सम्पूर्ण मतदातामा आभार प्रकट गरेकी छन्।

यहाँ कमेन्ट गर्नुहोस्