खबरसबैको समाचारदाता, काठमाडाैं मंगलबार, कार्तिक १८, २०८३
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहलाई लक्ष्य गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार साँझ ठिक ६ बजे फेसबुकमा छोटो स्ट्याटस लेख्दै थापाले आफू कसैसँग नतर्सिने सन्देश दिएका छन्।
सभापति गगन थापाले अहिले ठिक १८:०० बजेको र तर्साउने धेरै आए, तर्सिने बानी परेन थापाले लेखेका छन्। प्रधानमन्त्री शाहले पनि आइतबार सामाजिक सञ्जालमा फेसबुकमा चेतावनीपूर्ण शैलीमा यस्तै छोटो स्ट्याटस लेखेका थिए। सही समय आएपछि सबैको गलत समय आउँछ। एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ, प्रधानमन्त्री शाहले लेखेका थिए।
पछिल्लो समय नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि पार्टीको आधिकारिकता प्राप्त गर्ने प्रक्रियालाई लिएर विवाद उठेको छ। विशेष महाधिवेशनपछि कांग्रेसको आधिकारिकता प्राप्त गर्न १८ करोड रूपैयाँको आर्थिक लेनदेन भएको दाबीसहित समाचार सार्वजनिक भएका छन्।
सम्पत्ति शुद्धीकरण अभियोगमा हिरासतमा रहेका इनम सापकोटाको बयानलाई आधार बनाएर उक्त रकम लेनदेन भएको दाबी गरिएको छ। कांग्रेसले भने ती आरोपको प्रतिवाद गरेको छ।
पार्टी विधान अनुसार विशेष महाधिवेशन सम्पन्न भएको उल्लेख गर्दै कांग्रेसले पार्टीविरूद्ध अनेक तानाबाना बुनेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ।
सभापति थापाले ठिक ६ बजे १८ नै यो स्ट्याटस सार्वजनिक गर्नुलाई त्यही १८ करोडको प्रतिवादका रूपमा बुझिएको छ।