२१ फाल्गुण २०८२, बिहिबार

बालेनले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्काइएको खुलासा

खबरसबैको समाचारदाता, काठमाडाैं बिहिबार, फाल्गुण २१, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्केको छ । त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार उनले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर लिएर गएपछि ल्याण्ड गर्न नदिइएको हो । ‘निर्वाचन आयोगबाट अनुमति लिएको नदेखिएपछि फर्काइएको हो,’ स्रोतले भन्यो ।

उनी चढेर गएको हेलिकप्टर झापा ल्यान्ड नगरी काठमाडौँको त्रिभुवन विमानस्थलमा फर्किएको थियो । शाह काठमाडौँमा मतदान गरेर हेली एभरेस्टको हेलिकप्टर चढेर झापा गएका थिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्