१७ आषाढ २०८२, मंगलबार

हुम्लाको अदानचुलीमा ३५ वर्षे युवाको भिरबाट लडेर मृत्यु

Khabarsabaiko मंगलबार, बैशाख ३०, २०७७

हुम्लाको अदानचुली ६ पाल्सका ३५ वर्षे युवा माङ्ले बुढाको भिरबाट लडेर ज्यान गएको छ । बैशाख २९ गते दिउसो घाँस काट्न गएका युवाको भिरवाट खसेर घटना स्थलमानै मृत्यु भएको स्थानिय बासिले जानकारी दिएका छन्।

३५ वर्षिया मृतक बुढाकी श्रीमती गत वर्ष किट्नी फेल हुँदा निधन भएको थियो भने अहिले उनको घरमा बृद्ध आमा र छोरा छन् । बृद्ध आमासँग रहेका ति नाबालकहरुको बिचल्ली भएको स्थानियले बताउनु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्