२६ भाद्र २०८१, बुधबार

सर्केगाडमा महिला तथा किशोरीका समस्या न्यूनिकरणका लागि कर्णाली कचहरी सञ्चालनः नौं बुँदे घोषणा पत्र जारी

Khabarsabaiko बुधबार, भाद्र २४, २०७७

हुम्लाको सर्केगाड गाउँपालिकामा कर्णाली कचहरी सञ्चालन भएको छ । कचहरी सर्केगाड गाउँपालिकाको आयोजना र किर्डाक नेपाल, महिला कल्याण सेवाको सहजिकरणमा सञ्चालन भएको हो । कचहरीमा महिला र किशोरीका समस्या तथा सवालमा केन्द्रीत रहेर सञ्चालन भएको किर्डाक नेपालका मनलाल जैसीले खबर सबैको लाई जानकारी दिएका छन् ।
कार्यक्रम सर्केगाड गाउँपालीकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख, महिला, किशोरी समुहका सदस्य तथा सरोकारबाला गरी तिस जना भन्दा धेरैको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमा सर्केगाडका ग्रामिण महिला सदस्य तथा सवालका बारेमा छलफल भएको थियो । छलपफल पश्चात सर्केगाड गाउँपालिकाले आगामी दिनमा महिला र किसोरीका समस्या न्यूनिकरणका लागि नौं बुँदे घोषणा पत्र जारी गरको छ ।
कार्यक्रमले वडा र स्थानीय स्तरमा महिला तथा किशोरीका समस्या पहिचान अनुगमनकालागि तिन सदस्यीय अनुगमन तथा परामर्श समिति गठन गरेकोे छ ।
कार्यक्रम गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा बोल्दै उहाँले महिलाका समस्या न्यूनिकरणका लागि गाउँपालिका सदैब लाग्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै उपाध्यक्ष धामी ले महिलाका समस्या न्यूनिकरणका लागि सर्केगाड गाउँपालिका “साक्षर, निडर र हिंसा मुक्त छोरी, समृद्ध बाटोमा सर्केगाडका किशोरी” नाराका साथ अगाडि बढ्ने जानाए ।

 

 

 

 

 

 

 

यहाँ कमेन्ट गर्नुहोस्