१२ मंसिर २०८०, मंगलबार

कोरोना संक्रमित किशोरी गोठी पुगेपछि गाउँ शिल गर्ने गाउँपालिकाको निर्णय

Khabarsabaiko आइतबार, आश्विन ०४, २०७७

हुम्ला–सर्केगाड गाउँपालिकाले पछिल्लो समय कोरोना संक्रमण पुष्टी भएकी गोठी गाउँकी २१ वर्षिय किशोरी बसेको गाउँलाई शिल गर्ने तयारी भएको छ ।
बाँकेको नेपालगञ्ज विमानस्थलदेखि शनिबार सिमकोट पुगेर आइतबार माउन्टेन्ट हेलिकोप्टरबाट गोठीको तल्छडी हेलीप्याड हुदै  गोठी पुगेकी ती महिला बसेको गाउँलाई आजै देखि शिल गर्ने निर्णय भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकायाले जानकारी दिए ।
नेपालगञ्जदेखि सिमकोट हुँदै सर्केगाड पुगेको बेला उनमा कोरोना संक्रमण पुष्टी भएको खबर पाउने बित्तिकै बसेको सर्केगाड गाउँ कार्यपालिकाको बैठकले तत्काल सूचना जारी गर्दै गोठी गाउँलाई सिल गर्ने निर्णय गरेको जानकारी दिए ।
गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरेका छौं,” अध्यक्ष रोकायाले भने “तत्काल हामी गोठी गाउँलाई शिल गरेर आवश्यक स्वास्थ्य सावधानी अपनाउने विषयमा सबै तयारी पुरा गरेका छौं ।”

 

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: