Khabarsabaiko शनिबार, आश्विन २४, २०७७
हुम्लाको सर्केगाडमा छाउपडी लगायतका समाजिक कुसंस्कार न्यूनिकरण सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ ।
कार्यक्रम सर्केगाड गाउँपालिका ७ रोडिकोटमा सञ्चालन भएको हो ।
उक्त कार्यक्रम किर्डाक, महिला कल्याण सेवाको संयुक्त अायोजना र वडा कार्यलय, स्थानिय बासिको संगको सम्न्वयमा सञ्चालन भएको किर्डाकका सामुदायीक सहजकर्ता पबित्रा देबकोटाले जानकारी दिए ।
कार्यक्रममा सहभागिले रोडिकोटको छाउपडी लगायतका समाजिक कुसंस्कार अवस्थाका बारेमा छलफल भएको छ । छलफल पश्चात सहभागिले समस्या न्यूनिकरणका लागि तिन बुधे कार्ययोजना बनाएर, न्यूनिकरण लाग्ने प्रतिवद्धता जनाएको देवकोटाले जानकारी दिए ।
सो कार्यक्रममा वडा प्रतिनिध, नागरिक समाज सञ्जाल, राजनैतिक दल, महिला समुह लगायतका सरोकारवाला ३८ सहभागिको सहभागिता रहेको जनाइएको छ ।