About Contact Links
Close
बिज्ञापन
काठमाडौंको सुन्धारास्थित नेपाल मदनी मस्जिदमा तोडफोड

Khabarsabaiko शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित

काठमाडौंको सुन्धारास्थित नेपाल मदनी मस्जिदमा तोडफोड भएको छ। शनिबार बिहान नचिनेका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन्।

एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ। निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ।

मस्जिद भत्काइएपछि काठमाडौंमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन्। मस्जिद परिसरमा भेट भएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए। यसअघि पनि पटक-पटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताए।

यस्तै, मस्जिद रहेको काठमाडौं महानगरपालिका वडा नं। २२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैं मस्जिद खाली गर्न धम्क्याउने गरेको बताइन्।

यता आजको घटनालाई नेपाल मुस्लिम संघले समेत विरोध गरेको छ। मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटना मस्जिद माथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिम माथिको आक्रमण भएको बताए।

यो मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो। यसलाई मुस्लिम समुदायले अस्थायी रूपमा संरचना बनाई प्रयोग गरिरहेका छन्।

आज भन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरू काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रूपमा स्थापित भएको यो मस्जिदमा अहिले ४ प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन्।

#####यो समाचार सेतोपाटी अनलाइनमा छ ।।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७