०६ चैत्र २०८०, मंगलबार

विश्व हिन्दू परिषद् नेपाल, सप्तरीले शुभकामना आदान प्रदान कार्यक्रम गर्यो ।।

Khabarsabaiko आइतबार, कार्तिक १६, २०७७

विश्व हिन्दू परिषद् नेपाल, सप्तरीले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

सप्तरी, कठौना स्थित जिल्ला कार्यालयमा आयोजजा गरेको कार्यक्रम परिषद्का पदाधिकारी र स्थानिय सर्मथकको सहभागिता रहेको थियो । कार्तिक १४ गते शुक्रबार सञ्चालित सो कार्यक्रममा  विहिपका नेपाल संस्थापक सदस्य श्री राम नारायण ठाकुरको प्रमुख अतिथ्य रहेको थियो । कार्यक्रममा राष्ट्रिय सचिव विजय सिंह गौरक्षा,  श्री मुरली मनोहर चौधरी,  जिल्ला अध्यक्ष राम किशुन शाह लगायत जिल्ला समितिका पदाधिकारी, आजिवन सदस्यका साथै  अन्य सर्मथक स्थानीय बासिहरु उपस्थित थिए ।

कार्यक्रममा दोसल्ला ओढाई शुभकामना आदान–प्रदान गरिएको थियो ।  सहभागि विच विहिपको स्थानीय समिति पुर्नगठन तथा हिन्दू धर्मवालम्बीहरुले मनाउने बिभिन्न चाँडपर्वहरुको विशेषता एवं नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउने रणनीति बारे छलफल भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्