About Contact Links
Close
बिज्ञापन
प्रहरी जवानले रगत दिदा ४१ वर्षिय महिलाको ज्यान बच्यो

नरजन तामाङ  शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित

हुम्ला- एक जना प्रहरी जवानले रगत दिदा ४१ वर्षिय महिलाको ज्यान जाेगिएकाे छ । सिमकाेट गाउँपालिका वडा ८ निवासी ४१ वर्षीय सुना बुढा बच्चा फाल्नका लागि औषधी प्रयोग गर्दा रगत बगेर ज्यान जाेखिममा रहेकाेले जिल्ला अस्पताल हुम्ला भर्ना गरिएकी बुढाकाे ज्यान जाेगिएकाे हाे ।

औषधि प्रयोग गर्दा रत्तश्रावले ज्यान जाेखिममा रहेकी बुढालाई नेपाल प्रहरीका राजेन्द्र रानाले रगत दिँदा ज्यान जोगिएको जिल्ला अस्पताल श्राेतले जनाएकाे छ । उच्च जाेखिममा रहेकी बुढालाई तीन पोइन्ट रगत दिएपछि ज्यान जाेगिएकाे अस्पतालले जनाएकाे छ । बजारमा रहेका औषधि मेडिकलबाट तीन महिनाको बच्चा फाल्नको लागी औषधि प्रयोग गरेको पाइएको छ ।

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७