०४ कार्तिक २०७८, बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा १९ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

Khabarsabaiko शनिबार, कार्तिक २९, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा १९ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५ सय ३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार यो सँगै कोरोना निको हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ । भने २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १२ सय १५ पुगेको छ ।

क्वारेन्टाइनमा १ हजार ५७ जना रहेका छन्, भने देशभरबाट १६ लाख २ हजार ६०३ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्