०२ जेठ २०७९, सोमबार

हुम्लाको नाम्खाबाट काेराेना संक्रमित एक पुरूषलाई हेलिकप्टरबाट उद्धार

Khabarsabaiko आइतबार, कार्तिक ३०, २०७७

हुम्ला- नाम्खा गाउँपालिकाबाट कोरोना संक्रमण देखिएका एक जना पुरूषकाे हेलिकप्टरबाट उद्वार गरिएकाे छ । काेराेना संक्रमण देखिएका ६३ वर्षिया पुरूषकाे हेलिकप्टरबाट उद्वार गरिएकाे हाे । स्वासप्रश्वासमा समस्या भएपछि गाउँपालिका केन्द्र  याल्वाङ्गदेखी सिम्रिक एयरकाे हेलिकप्टरबाट उद्वार गरिएकाे स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

उद्धार गरिएका पुरूषलाई काठमाडौं तर्फ लिइएकाे जनाईएकाे छ। ६० वर्षिया महिलालाई भाेली उद्धार हुने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताए । हाल नाम्खा गाँउपालिकामा ५ जना पुरूष र ३ जना महिला हिजाे मात्रै थप भएकाे स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहकाे भनाई छ ।

एक जना गुम्बाकाे टाेपे र ७ जना महाबाैद्व माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देेेखिएकाे छ । समुदाय स्तरमै काेराेेेेना भाइरसकाे संक्रमण देखिएपछि एन्टीजेन सहित परिक्षणका जिल्ला अस्पताल हुम्लाबाट चिकित्सक सहितकाे टाेली नाम्खा गएका छन् ।

सिंहका अनुसार अाज सम्म् नाम्खामा १२ जनामा कोरोना संक्रमण देखा परेकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्