०१ कार्तिक २०७८, सोमबार

नेपाली सेनाले डिस्पोज गर्यो दुईवटा सकेटबम

Khabarsabaiko आइतबार, मंसिर ०७, २०७७

हुम्ला– कृषि विकास कार्यालय, हुम्लाको प्रवेशद्वार भेटिएको दुई वटा सकेट बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

आइतबार बिहानै सिमकोट माथिल्लो  बजारको लोकतान्त्रिक चोक नजीकै रहेको कृषि विकास कार्यालय हुम्लाको प्रवेशद्वार र कार्यालय जाने बाटोमा भेटिएको दुई शंकास्पद वस्तु देखिएका थिए ।  शंकास्पद वस्तु देखिए लगतै जिल्ला स्थित सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले सो क्षेत्र नियत्रन्त्रण लिएर शिल गरिएको थियो ।

शिल पश्चात तत्काल नेपाली सेना नयाँ भैरबी दल गुल्मको बम डिस्पोज टोलीले सिमकोट गापा वडा नं ५ मा पर्ने भदाले भन्ने स्थानमा दुइ सकेट बम डिस्पोज गरेको छ ।

डिस्पोज आइतबार बिहान १० बजेर २५ मिनेट र ११ बजेर ३६मिनेटमा जानकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रकाश सुवेदीले दिएका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्