१५ चैत्र २०८०, बिहिबार

शितलहर र हुस्सु बढेपछि नेपालगञ्जका विद्यालय तीन दिन बन्द हुने

Khabarsabaiko आइतबार, माघ १८, २०७७

शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरले  चिसो अत्याधिक बढेपछि नेपालगञ्जका सबै विद्यालय सोमवारदेखि बुधवारसम्म तीन दिनका लागि  बिदा गर्न  सुचना प्रकाशन गरेको हो ।

उपमहानगर शिक्षा शाखाका प्रमुख गोरख बहादुर थापा द्वारा जारिगरिएको सुचनामा उपमहानगरपालिकाका सबै निजी, सरकारी विद्यालय र मदरसाहरुलाई बन्द गर्न अनुरोध गरिएको छ ।

सूचनामा बुधबारसम्म पनि मौसममा सुधार नआए शुक्रवारसम्म विद्यालय बन्द गर्न विद्यालयहरुलाई जनाइएको छ ।

नेपालगंजमा शितलहर र चिसोले रिक्सा चालक, ठेला चालक र मजदुर, बालबालिका र बृद्धबृद्धाहरुलाई यसले बढी प्रभाव पारेको देखिन्छ ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्