२३ मंसिर २०८०, शनिबार

१ रुपैयाँको एउटा सिक्का छपाईका लागि २ रुपैयाँ ४० पैसा खर्च लाग्ने गरेको छ।

Khabarsabaiko मंगलबार, फाल्गुण १८, २०७७

नेपाल राष्ट्र बैंकले कुल ३० करोड सिक्का छपाईका लागि गरेको ग्लोबल टेन्डर आह्वानमा परेको आवेदनबाट पोल्याण्डको मेनिका पोल्स्का एसए कम्पनी छनौट भएको हो।

न्यूनतम मूल्यमा सो कम्पनीले दिएको आवेदन छनौट भएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ।  कम्पनीले कुल ५१ लाख १५ हजार यूरोमा छपाईको जिम्मा पाएको हो। हालको मुद्रा बिनिमयदरअनुसार १ यूरो बराबर १४१ रुपैयाँ हुन्छ। जसअनुसार ३० करोड थान सिक्काका लागि कुल ७२ करोड १२ लाख १५ हजार रुपैयाँ खर्च हुनेछ।

यस हिसावले १ थान सिक्का छपाईका लागि २ रुपैयाँ ४० पैसा खर्च लाग्ने भएको हो।

##### सेतोपाटी अनलाइन बाट साभार

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: