०१ कार्तिक २०७८, सोमबार

हुम्लामा ११ जना पुगे कोरोना संक्रमितहुने

Khabarsabaiko शुक्रबार, बैशाख २४, २०७८

हुम्ला–समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको हुम्ला जिल्लामा थप २ जना संक्रमण पुष्टि भएको छ । शुत्रबार २९ जनामा गरिएको परिक्षणमा थप दुईलाई संक्रमणको पुष्टि भएपछि ११ जना पुगेको हो ।

शुक्रबार गरिएको परिक्षणमा ४५ वर्षीय पुरुष र १८ वर्षका पुरुष रहेको जिल्ला अस्पताल हुम्लाका डाक्टर देव गजमेरले जानकारी दिए । बिहिबार साँझ एक किशशोरीमा संक्रमण पुष्टी भएपछि कन्ट्रायक ट्रेसिङका आधारमा गरिएको परिक्षणमा आज थप दुई जनामा संक्रमण पुष्टि भएपछि जिल्लामा कूल संक्रमितको संख्या ११ पुगेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ती फडेराले जानकारी दिए ।

जिल्लाको जनगणना कार्यालयमा कार्यरत एक जना कर्मचारी र एलीस होटेलको एक जना कर्मचारीमा आज संक्रमण पुष्टि भएको सूचना अधिकारी फडेराले बताए ।

यस भन्दा अघि देखिएका कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको बाँकेको नेपालगञ्ज र सुर्खेत देखि हवाई मार्ग भएर आएका ८ जना लाई संक्रमण देखिएको जिल्ला अस्पताल हुम्लाका सुचना अधिकारी फडेराको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्