०२ जेठ २०७९, सोमबार

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै

Khabarsabaiko शनिबार, बैशाख २५, २०७८

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेको छ । संक्रमित संख्या बढे संगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन्।

चौबीस घण्टामा १७ हजार ३१५ जनाको पीसीआर तथा ९८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। जसमा ८ हजार २ सय ८७ जनामा पीसीआर परीक्षणबाट तथा १३१ जनामा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५३ जनाको मृत्यु भएको छ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्