१६ चैत्र २०८०, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना पुष्टि

Khabarsabaiko आइतबार, बैशाख २६, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अघिल्ला दिनहरूमा छुटेको संख्या समेत जोड्दा मृत्यु हुनेको संख्या ८८ रहेको जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्