०१ कार्तिक २०७८, सोमबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ सय पुग्यो

Khabarsabaiko मंगलबार, जेठ ११, २०७८

काठमाडौ -नेपालमा पछिल्लो २४ घन्टनमा कोरोना संक्रमणबाट थप एक सय ६९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म देशभर मृत्यु हुनेको संख्या ६७ सय पुगेको छ ।

पछिल्लो २४ घन्टामा आठ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या पाँच लाख २८ हजार आठ सय ४८ पुगेको छ ।

यो अवधिमा थप ६ हजार चार सय चारजना कोरोनामुक्त भएका छन् । योसँगै निको हुने संक्रमतिको संख्या चार लाख चार हजार आठ सय ८७ पुगेको छ ।

नेपालमा निको हुनेदर ७६।६ प्रतिशत रहेको गौतमले बताए । हाल नौ सय १४ जना क्वारेन्टिनमा रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्