०१ कार्तिक २०७८, सोमबार

नेपालमा कोरोनाभाइरसका छ हजार ६७७ सङ्क्रमित थपिए

Khabarsabaiko बुधबार, जेठ १२, २०७८

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका छ हजार ६७७ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा हाल एक लाख १७ हजार ७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

१९ हजार ३० जनाको आरटपीसीआर परीक्षण गरिएको छ भने, चौबीस घण्टामा छ हजार ७१६ जना कोरोनामुक्त भएको बताइएको छ ।

मन्त्रालयको अनुसार सोही अबधिमा १४५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्