१५ चैत्र २०८०, बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Khabarsabaiko बिहिबार, जेठ १३, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा ५ लाख ४२ हजार २ सय ५६ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ७३१ जनामा पोजेटिभ देखिएको हो।

त्यस्तै २०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। पछिल्लो २४ घण्टामा २० हजार ९९२ जनाको नमूना परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार ७ हजार २ सय २६ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।

योसँगै ४ लाख १८ हजार ८ सय २९ कोरोनामुक्त भएका छन्। त्यस्तै यस अवधिमा १०६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको छ। हालसम्म कोरोनाबाट निको हुनेको दर ७७.२ प्रतिशत रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्