०६ कार्तिक २०८१, मंगलबार

नेपालमा आइतबार ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ

Khabarsabaiko आइतबार, जेठ १६, २०७८

नेपालमा आइतबार ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोनामुक्त भएको बताए। पछिल्लो २४ घण्टामा १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार २७२ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा १० हजार ९८६ जनाको पिसिआर परीक्षण गरिएकोमा ३७०२ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै १ हजार ७८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६६७ जनामा पोजेटिभ देखिएको हो।

यहाँ कमेन्ट गर्नुहोस्