१३ बैशाख २०८१, बिहिबार

अक्सिजन नपाउँदा हुम्लामा एक कोरोना संक्रमितको मृत्यु

Khabarsabaiko बिहिबार, जेठ २०, २०७८

अक्सिजन नपाउँदा हुम्लामा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

एकसातादेखि लक्षण सहितको संक्रमण पुष्टि भएका सर्केगार्ड–२ का ५५ वर्षका टोप्ले कामीको सर्केगाडमा कोरोनाका कारण ज्यान गएको हो ।

लक्षणसहितको संक्रमण पुष्टि भएका कामीको थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बीच बाटोमै ज्यान गएको छ ।

संक्रमित कामीको अक्सीजनको लेवल ४० भन्दा तल रहेको र स्वास्थ्य चौकीमा विद्युत अभावका कारण अक्सीजन दिने अवस्था नभएका कारण जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बीच बाटोमै ज्यान गएको  स्वास्थ्य कर्मि बखत बुढाले जानकारी दिए ।

हुम्लामा कोरोना संक्रमणबाट पहिलो पटक एकजनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले खबर सबैकोलाइ जानकारी दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्