Share this:

" /> नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि – Khabarsabaiko
About Contact Links
Close
बिज्ञापन
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि

Khabarsabaiko शनिबार, जेठ २२, २०७८ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् । यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको थियो । जसमा एन्टीजेन परीक्षणमा १५०२ र पीसीआर परीक्षणमा ३ हजार ५४० गरी कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन) पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ७९९ पुगेको छ ।

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द (डम्मर)

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७