०४ कार्तिक २०८१, आइतबार

नेपालमा कोरोनाभाइरस संक्रमण पछिल्लो २४ घण्टामा २५४८ जनामा पुष्टि

Khabarsabaiko आइतबार, साउन २४, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा २५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २०१९ जना संक्रमणमुक्त भएका र ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको जनाइएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ । यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ ।

यस्तै हालसम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्