०६ चैत्र २०८०, मंगलबार

मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि

Khabarsabaiko मंगलबार, साउन २६, २०७८

नेपालमा केहि दिन यता कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ,  भने २११५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहँदा १७६ जना भेन्टिलेटर र ७६१ जना आईसीयूमा रहेका छन् । हालसम्म कोरोना निको हुने दर ९३।४ प्रतिशत रहेको छ । संक्रमितमध्ये हालसम्म ६ लाख ७३ हजार १९८ जना निको भएका छन् भने १० हजार १५० जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्