०६ चैत्र २०८०, मंगलबार

काेभिड-१९ (कोरोना) बाट हुम्लामा थप एक जनाकाे मृत्यु

पदम हमाल बुधबार, भाद्र ०२, २०७८

हुम्ला- काेभिड-१९ (कोरोना) काे संक्रमणबाट हुम्लामा थप एक जनाकाे मृत्यु भएकाे छ । खार्पुनाथ गाउँपालिका-३ का ४५ वर्षका एक जना पुरूषकाे मृत्यु भएकाे हाे ।एक साता देखि काेभिड पाेजेटिभ देखिएका उनकाे जिल्ला अस्पताल हुम्लामा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला अस्पताल हुम्लाका डाक्टर टसी आंन्जाेक लामाले जानकारी दिए । जटिल काेभिड निमाेनियाबाट उपचारकै क्रममा मृत्यु भएकाे डाक्टर लामाले बताए । यो संगै हुम्लामा कोभिडका कारण मृत्यु हुने ५ पुगेको र समुदाय  स्तरमा कोरोना तिब्र रुपमा फैलिरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जनाए ।

यहाँ कमेन्ट गर्नुहोस्