०३ जेठ २०७९, मंगलबार

सल्यानमा जिप दुर्घटना : १२ जना घाइते, तीनकाे अवस्था गम्भीर 

खबरसबैकाे बुधबार, कार्तिक १०, २०७८

सल्यान– सल्यानमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका २ धावपानिखोलाम स्थित  मर्मपरिकाडाबाट नेपालगञ्जतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि कुमाख गाउँपालिका २ निवासी  ३६ वर्षीय बुद्धि थापा,सोहि ठाउँ निवासी वर्षीय २१  दुर्गा खत्री र सोहि ठाउँ निवासी  ३२ वर्षीया  लोकमाया पुनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।

यस्तै सामान्य घाइते हुनेमा चालक कुपिण्डे नगरपालिका ४ बस्ने  २४ वर्षीय लाल बहादुर बुढा,गाडी साहु, कुमाख गाउँपालिका २ बस्ने  ३३ वर्षीय पुर्ण बहादुर बुढा, कुमाख गाउँपालिका १ बस्ने २९वर्षीय बिशाल विक,सोहि ठाउँ निवासी  ३० वर्षीय इन्द्र बहादुर चन्द, बनगार कुपिण्डे नगरपालिका ४ बस्ने  २९ वर्षीय पिपर बुढा ,सिद्ध कमाख गाउँपालिका ४ बस्ने  २१ वर्षीय  दिल बहादुर चलाउने,उनकी श्रीमती २० वर्षीया  दुर्गा चलाउने ,छोरा २ वर्षीय प्रशान्त  चलाउने र कैलाली लम्कीचुवा नगरपालिका ३ बस्ने २८ वर्षीय देब बहादुर बस्नेत रहेका छन् ।

भे.१.ज.९३० नं.को महेन्द्रा बलेरो जिप सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ ।  प्रहरीले घाइतेको उद्धार गरि उपचारका लागि सल्लिजार पठाएको छ भने   चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्