०९ आश्विन २०७९, आइतबार

प्रथम प्रकाश स्मृति भलिबल प्रतियोगिता सम्पन्न, रोयल गैरी साँया युवा कल्व प्रथम (फोटोफिचर)

खबर सबैको शनिबार, कार्तिक १३, २०७८

हुम्ला – सर्केगाडमा प्रथम प्रकाश स्मृति भलिबल प्रतिय‍ोगिता सम्पन्न भएको छ । रोयाल गैरी साँया युवा कल्वको आयोजनमा सञ्चालन भएको खेलमा जिल्लाका ११ विभिन्न कल्व र गाउँपालिका को टिम सहभागि रहेका थिए ।

खेलमा आयोजक टिम रोयाल गैरी साँया युवा कल्व प्रथम, रोडिकोट टिम द्धितिय र तेस्रो अदानचुली टिम भएको कल्वका अध्यक्ष गोर्ख बहादुर शाही ले जनाएका छन् ।

चार दिन सम्म सञ्चालित खेलमा प्रथमले एक लाख, द्धितिय पचास हजार र तृतिय ले पच्चिस हजार पुरस्कार प्राप्त गरेको  कल्वका संरक्षक रविन्द्र शाहीले जनकारी दिए ।

भलिबल प्रतियोगितामा उत्कृष्ठ खेलाडिमा अंग कार्की रोडिकोट टिम र उत्कृष्ठ स्पाईकर गुरु चन्द्र शाही भएको अध्यक्ष शाहीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्