०३ जेठ २०७९, मंगलबार

नाम्खामा माओवादी केन्द्र गाउँकमिटिकाे नेतृत्व चयन

खबरसबैकाे मंगलबार, कार्तिक ३०, २०७८

हुम्ला– नेकपा माओवादी केन्द्र नाम्खा गाउँपालिका कमिटिमा नेतृत्व चयन भएकाे छ ।
नाम्खा गाउँपालिकाकाे इन्चार्ज विष्णु बहादुर तामाङकाे प्रमुख आतिथ्यतामा ५५ सदस्यीय गाउँ कमिटि गठन भएकाे हाे । प्रेम बहादुर लामाकाे नेतृत्वमा ५५ सदस्यीय गाउँ कमिटि गठन भएकाे नाम्खा गाउँपालिका इन्चार्ज विष्णु बहादुर तामाङले जानकारी दिए ।
उपाध्यक्ष साेनाम पाल्जाेर लामा,साेनाम लामा,ताेप्के र सचिव डेजाेर लामा  काेषाध्यक्ष डेकी लामा, सहसचिव विष्णु लामा चयन भएकाे इन्चार्ज तामाले बताए । अध्यक्ष लामाकाे नेतृत्वमा ५५ सदस्यीय गाउँ कमिटिले आजै पुर्णता पाएकाे तामाङकाे भनाई छ ।
 संगठन सुदृढीकरण,वडा,तहसम्म पनि कमिटी विस्तार गरिने इन्चार्ज तामाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्