०३ जेठ २०७९, मंगलबार

मौज्दात खोप र खोप लगाइसकेकाहरूको विवरण पेश गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देश

खबरसबैको सोमबार, माघ १७, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै मौज्दात खोप र खोप लगाइसकेकाहरूको विवरण पेश गर्न निर्देशन दिएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा, सातै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तहहरूले खोप लगाइसकेका र मौज्दात खोपबारे विवरण पेश गर्नुपर्ने जनाइएको छ।

सूचनामा कोरोनाविरूद्ध मोज्दात खोप र खोप लगाएका सबै व्यक्तिको विवरण अनिवार्य पेश गर्न मन्त्रालयले आग्रह गरेको हो। माघ २१ गते शुक्रबार अपरान्ह ३ देखि ४ बजेभित्रमा खोप लगाइसकेकाहरूको विवरण र मोज्दात खोपबारे विवरण दिइसक्नुपर्नेछ।

सूचना हेराैं

 

यहाँ कमेन्ट गर्नुहोस्