०३ जेठ २०७९, मंगलबार

हुम्ला नेकपा एमाले नवौँ जिल्ला अधिवेशन स्थगित

खबरसबैको मंगलबार, माघ १८, २०७८

हुम्ला नेकपा एमाले नवौँ जिल्ला अधिवेशन स्थगित भएको छ ।

देशभर बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर माघ २३ गते हुने भनिएको  नेकपा एमाले नवौँ जिल्ला अधिवेशन स्थगित गरिएको छ ।

नेकपा एमाले हुम्लाले आज एक सूचना प्रकाशन गरी अनिश्चित कालका लागि स्थगित भएको जानकारी दिएको छ ।  पार्टी केन्द्रिय कार्यालयबाट यहि माघ ३ गते गरिएको निर्देशन र बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अधिवेशन स्थगित गरिएको जनाइएको छ।

अधिवेशन स्थगित भएपनि  जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पार्टीका अन्य गतिविधि भने जारीराख्न सूचनामा अनुरोध गरिएको छ ।

 

 

सूचना

 

यहाँ कमेन्ट गर्नुहोस्