०४ कार्तिक २०८१, आइतबार

पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

खबरसबैको मंगलबार, माघ १८, २०७८

काठमाडाैं- पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।

पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् ।

यसैबीच पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ५७ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा संक्रमितको कुल संख्या १ लाख ३० हजार ६८१ जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ८ लाख ७१ हजार १६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्