०३ जेठ २०७९, मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

खबरसबैको बुधबार, माघ २६, २०७८

काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टा मुलुकभर २ हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन्।  पछिल्लो २४ घण्टामा १६ हजार ३ सय ५६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन्, भने देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन्।

मन्त्रालयका अनुसार ११६०३ पिसिआर परीक्षणबाट १८५१ जना र ४७५३ एन्टिजेन परीक्षणबाट ५५० जनामा संक्रमण पुष्टि भएको हो।

यहाँ कमेन्ट गर्नुहोस्