१६ चैत्र २०८०, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८ जनामा कोरोना पुष्टि

खबर सबैको समाचारदाता शुक्रबार, माघ २८, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६६६ पिसिआर परीक्षणबाट र ४६२ एन्टिजेन परिक्षण गरिएको थियो । जम्मा २० हजार ९८९ जनामा परीक्षण गरिएको जनाइएको छ।

पछिल्लो २४ घन्टामा २२१५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाल देशभर २७ हजार ४४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

 

यहाँ कमेन्ट गर्नुहोस्