०४ कार्तिक २०८१, आइतबार

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटघाट

खबर सबैको समाचारदाता शनिबार, माघ २९, २०७८

काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी रहेको छ । पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल गर्ने गरी उनीहरूबीच भेटघाट भएको बताइएको छ ।

पछिल्लो समयमा विकसित राजनीतिक अवस्था र एमसीसी विषयमा छलफल हुने  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारको भनाइ छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारका अनुसार अहिले बालुवाटारमा भेटवार्ता चलिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्