१३ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

खबर सबैको समाचारदाता, काठमाडाैं सोमबार, फाल्गुण ०२, २०७८

काठमाडाैं- पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा नमुना परीक्षण भएको थियो ।सोही अवधिमा २३१९ जना निको हुँदा ८ जनाले भने ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९३ हजार ५४१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ६७७ जना पुगेको छ ।हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै हालसम्म कोरोनाबाट कुल ११ हजार ९०० जनाको मृत्यु भएको छ ।  संक्रमितमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्