०३ कार्तिक २०८१, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि

खबर सबैको समाचारदाता, काठमाडाैं मंगलबार, फाल्गुण ०३, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार १ हजार ८३५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ४ हजार २५६ पीसीआर तथा २ हजार ८३९ एन्टिजेन परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ।

यहाँ कमेन्ट गर्नुहोस्