२० बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

खबर सबैको समाचारदाता, काठमाडाैं सोमबार, फाल्गुण ०९, २०७८

प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशले परिक्षा स्थगित गरेको छ । आयोगको परिक्षा सञ्चालन तथा व्यावस्थापन शाखाले आज एक सूचना प्रकाशन गरेर अर्को सूचना नआउन्जेल सम्म परिक्षा स्थगित भएको जनाएको छ ।

प्रदेश लोकसेवा आयोगले २०७८ फाल्गुन १४ र चैत्र २६ मा लिने भनिएको लिखित परिक्षा स्थगित भएको छ । पूर्व तालिका अनुसार प्रदेश निजामति सेवा र स्थानिय सरकारी सेवा पाचाैं तह प्रविधिक र अप्राविधिकको लिखित परिक्षा अनिश्चित समयका लागि स्थगित भएको हो ।

सूचनामा प्रदेश आयोगका नाममा परेको सर्वोच्च अदालतको रिट पछि सर्वोच्चको आदेश अनुसार स्थगित भएको जनाइएको छ ।

सर्वोच्च अदालत अदालतमा माघ २६ गते रिट परेको थियो ।

 

सूचनामा हेराैं विस्तृतमा

 

 

यहाँ कमेन्ट गर्नुहोस्